माधव नेपालले एउटा काम भने गजबको गरे, चौतर्फी प्रशंसा

  • भदौ १२, २०७८
  • ५२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेकपा एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी गठन गरेर अध्यक्ष बेनेका माधव कुमार नेपालले पछिल्लो समय पार्टी फुटाएको भन्दै एमाले कार्यकर्ताका गाली धेरै नै खाइरहेका छन् । तर उनले गरेको एउटा कामले भने चौतर्फी प्रशंसा पाइरहेको छ सरकारी कर्मचारी पनि राजनिति गर्ने , सरकारी शिक्षक पनि राजनिती गर्ने त्यसकारणले यो देश कहिल्यै उभो लागेन भनेर बर्षौ देखी नेपाली जनताले गुनासो गर्दै आइरहेका छन् तर कुनै पनि नेताले सरकारी कर्मचारी र शिक्षकलाई राजनिती बाट अलग गराउँने आँट गर्न सकेन तर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी पार्टीले त्यो आँट गरेको छ ।
भोली सम्म आफ्नो निर्णयमा नेकपा एस कतिको खरो अडिन सक्छ प्रश्न उठ्न तर सक्छ तर आजको मितिमा नेकपा एस ले सरकारी कर्मचारी र शिक्षलले आफ्नो पार्टीको सदस्यता नपाउँने निर्णय गरेको छ । कर्मचारी युनियन र शिक्षक संगठन केही पनि नेकपा एसको रहने छैन । जनताको चाहना बमोजिममै यस्तो निर्णय गरिएको उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१