ताजा समाचार

माधव नेपालले एउटा काम भने गजबको गरे, चौतर्फी प्रशंसा

  • भदौ १२, २०७८
  • ६४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेकपा एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी गठन गरेर अध्यक्ष बेनेका माधव कुमार नेपालले पछिल्लो समय पार्टी फुटाएको भन्दै एमाले कार्यकर्ताका गाली धेरै नै खाइरहेका छन् । तर उनले गरेको एउटा कामले भने चौतर्फी प्रशंसा पाइरहेको छ सरकारी कर्मचारी पनि राजनिति गर्ने , सरकारी शिक्षक पनि राजनिती गर्ने त्यसकारणले यो देश कहिल्यै उभो लागेन भनेर बर्षौ देखी नेपाली जनताले गुनासो गर्दै आइरहेका छन् तर कुनै पनि नेताले सरकारी कर्मचारी र शिक्षकलाई राजनिती बाट अलग गराउँने आँट गर्न सकेन तर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी पार्टीले त्यो आँट गरेको छ ।
भोली सम्म आफ्नो निर्णयमा नेकपा एस कतिको खरो अडिन सक्छ प्रश्न उठ्न तर सक्छ तर आजको मितिमा नेकपा एस ले सरकारी कर्मचारी र शिक्षलले आफ्नो पार्टीको सदस्यता नपाउँने निर्णय गरेको छ । कर्मचारी युनियन र शिक्षक संगठन केही पनि नेकपा एसको रहने छैन । जनताको चाहना बमोजिममै यस्तो निर्णय गरिएको उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤