Siraha Times
ताजा समाचार

एकिकृत घुम्ती सेवा शिबिरवाट ११ सय ४१ जना लाभान्वित

  • असार १८, २०७५
  • १०६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १८ असार । एकिकृत घुम्ती सेवा शिबिर सिरहाको कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयहरुको संयुक्त एकिकृत घुम्ती सेवा शिविर कर्जन्हामा नगरपालिका बडा नं ७ मा शनिवार संचालन गरिएको थियो । शिबिरमा ११ सय ४१ जनाले सेवा लिएका छन् ।

ghumti sibir  (2)

सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुबिधा गाउँमै पु¥याउने उद्देश्यले आयोजना गरिएको घुम्ती शिबिरमा वन कार्यालयबाट ५०० जना, कृषि विकास कार्यालयबाट ३०० जना, स्वास्थ्य कार्यालयबाट १६० जना, आयुर्बेद कार्यालयबाट ११३ जना, जिल्ला प्रशासन कार्यालयबाट ६१ जनाले नागरिकता बनाएका छन् । त्यसैगरी राहदानीका लागि ६ जनाले फारम भरेका छन् भने १ जनाले मधेशी प्रमाणित गराएका सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।
कर्जन्हा नगरपालिका वडा नम्बर ७ का वडा कार्यालयको पहलमा आयोजना गरिएको शिबिरमा सहयोग पु¥याउने २७ जनालाई सम्मान समेत गरिएको वडा अध्यक्ष जयकिशोर साहले जानकारी दिनुभयो ।

ghumti sibir  (3)

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१