ताजा समाचार

अफताव आलमको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

  • भदौ ११, २०७८
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भाद्र ११ काठमाडौं  २०६४ सालको संविधानसभा चुनावको अघिल्लो दिन इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाका पेसी तोकिएको छ । अघिल्लो साता राउत र कुमार रेग्मीको इजलासमा सो मुद्दा पेसीमा राखिएको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन सकेको थिएन । आलमलाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध उनी सर्वोच्चमा गएका हुन् । आलमलाई पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले २०७६ कार्तिक २९ गते आदेश दिएको थियो ।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका निलम्बित सांसद आलम मुलुकी फौजदारी संहिताको ७३ नम्बर बमोजिम सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤