ताजा समाचार

आज जनकपुरमा एमसीसी विरुद्ध व्यापक प्रदर्शन

  • भदौ ९, २०७८
  • ११५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार\सिराहा भदौ-८ धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा आज बिहान एमसीसी बिरुद्ध व्यापक प्रदर्शन भएको जानकारी प्राप्त भएको छ। लुटतन्त्र बन्द गर। एमसीसी चाहिदैन्न । देश बेच्न पाइदैन्न।आतंककारी सरकार मुर्दाबाद नाराका साथ व्यापक विरोध तथा प्रदर्शन गरिएको मोहम्मद इमरानले बताए । भ्रष्टाचारीका छोले दलाललाई अब देश निकाला हुनुपर्ने प्रदर्शनकारीहरुले भनेका हुन। हाम्रो देश विश्वमा प्रसिद्ध देश हो , नेपाल र विश्वमा कुनै यस्तो देश छैन । त्यसैले यसलाई बचाउनु पर्छ भनी सम्पूर्ण युवाजनशक्तिहरूलाई कार्यक्रम मार्फत अनुरोध गरेका छन। देश प्रति माया सद्भाव राख्नु हुने युवाहरुलाई एक जुट हुन आवश्यक रहेको इमरानको कथन रहेका छन। एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरु योजना सारेको देखिन्छ , तर दिन लागेको सहयोग राशिबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठुलो दु:खको सामना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ । यसरी नै विदेशीले सहयोग गर्ने तर, सही ठाउँमा सदुपयोग नगर्ने हो भने यस्तो सहयोग नलिदा उपयुुक्त हुनेछ। बाँदरको हातमा नारिवल दिदा के गर्छ भनी रहनु नपर्ला जस्तो लाग्छ।आज विदेशी सहयोग होस या ऋण सबै सही ठाउँमा सदुपयोग नभएको देखिन्छ। अहिले एमसीसीबारे चर्को विवाद गर्दै सामाजिक सञ्जाल लगायत मिडियामा चर्को बहस सिर्जना हुँदा केही नबुझी जनमानसमा भ्रम सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤