मन्त्रिपरिषद् निर्णय: गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिने निर्णय

  • भदौ ३, २०७८
  • ६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ। सरकारले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको छ ।

त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरीस्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१