उपहार स्वरुप नवराजपुरका तीन जना विशेष अवस्थाका व्यक्तिहरुलाई स्कुटर वितरण; तिनै जना अपांगहरु खुशीले दङ्ग

  • साउन ३२, २०७८
  • ९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा/साउन ३२ गते। सिरहाको दक्षिणी सिमावर्ती नवराजपुर गाँउपालिकाका जनता समाजवादी पार्टी नेपालका जनप्रिय युवा नेता शिव उदगर यावद ज्यु अध्यक्षतामा आज विशेष अवस्थाका व्यक्तिहरुलाई स्कुटर वितरण गरिएको छ। वितरण कार्यक्रमको प्रमुख अतिथि प्रदेश न‌ २ का आर्थिक योजना तथा विकास मन्त्री ( अर्थ मन्त्री) माननीय विजय यादव उपस्थित रहेका थिए। आजको कार्यक्रममा पूर्ण अपांगहरुलाई स्कुटर वितरण गर्ने कार्यक्रम रहेका थियोे । जसमा ३ जना पूर्ण अपांगहरुलाई प्रदेश न‌ २ का अर्थ मन्त्री माननीय विजय यादव ज्यु द्धारा स्कुटर हस्तान्तरण गर्नुभएको छ । नवराजपुर गाउँपालिकाका हरेक टोलबाट जनतालाई एक ठाउँमा भेला गरेर हरेक जनताको समस्या बुझ्दै बिगतमा भएको बिकास निर्माण कार्यको निरीक्षन साथै नयाँ बिकास योजनाको लागि आफ्नो संसदीय क्षेत्रमा भ्रमण गरि बिकासको लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्कुटर वितरण कार्यक्रममा १) शत्रुघन यादव ( नवराजपुर गॉउपालिका वाड न : ४) २) दीपेश कुमार यादव (नवराजपुर गॉउपालिका वाड न :५ ) ३) पुलकित राई (बरियारपट्टी गॉउपालिका ) ले स्कुटर पाउँनु भएको साथै स्थानीयहरु उपस्थिति देखिएको एक युवकले बताए

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१