Siraha Times
ताजा समाचार

सिरहाको भगवानपुरमा मन्त्री यादवद्वारा भवनको सिल्यानास

  • साउन ३१, २०७८
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३१, साउन । सिरहाको भगवानपुर गाउँपालिकामा शनिवार छुट्टाछुट्टै दुई वटा भवनको सिल्यानास गरिएको छ । प्रदेश नम्बर - २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र गाउँपालिका प्रमुख बेचन प्रसाद यादवले संयूक्त रुपमा भवनको शिलान्यास गरेका थिए । वडा नम्वर- १ मा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिकको शिलान्यास गरिएको छ, भने बालासुन्दरी भगवती मन्दिरको समेत एकैसाथ सिल्यानास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले जानकारी दिनुभयो ।, ३ करोड ४१ लाख ९० हजार २० रुपैयाको लागतमा मन्दिर निर्माण हुने भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनका लागि करिब पोने ९ करोडको लागतमा चार तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।

Open Photo

भवन निर्माणको काम गर्न रउतहा- अनसुमन जेभी काठमाडौलाई ठेक्का दिएको बुझिएको छ । वडा नम्बर - १ देखि ५ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य , विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकार लगायत सयौ जनाको रोहवरमा औपचारिक कार्यक्रमको आयोजना गरी भवनको सिल्यानास गरिएको थियो । पालिकाको आफ्नो निजि भवन नहुँदा वडा नम्बर - १ को वडा कार्यालयमा गाह्रोसार्हो कामाकाज संचालन गर्दै आईरहेको एक जना कर्मचारी मनोज साहले बताए । गाउँपालिकाको आफ्नै भवन निर्माण हुने भएपछी स्थानीयहरु खुशी भएका छन् । मन्त्री यादवले तोकेको समयभित्र मापदण्डको पालना गरी गुणस्तरीय भवन बनाउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१