ताजा समाचार

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • साउन २९, २०७८
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोहित कुमार मण्डल लहान, २९ श्रावण । राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल, जिल्ला कार्य समिति सप्तरीले विभिन्न आफना माँग राखी प्रधानमन्त्रीलाई जिल्ला प्रसाशन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन । भूमिहीन दलित,भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने पर्ने प्रमुख समस्या हो ।

देशभर लगत संकलनको कार्य अन्तिम चरणमा पुगेको र नाप नक्शाा कार्य भई कामले गति लिरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चिता नगरी आयोग विघटन गर्नु उचित नभएको व्यहोरा अवगत गराउदै हाल भईरहेको कामलाई असर नपर्ने गरी निर्णय लिनु हुनेछ भने अनुरोधका साथ जिल्ला प्रसाशन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आर्चाय मार्फत यो यो ज्ञापन पत्र बुझाएका छौ । भूमिहीन दलितलाई कानुन बमोजिम एक पटक जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्था , भुमि सम्बन्धि ऐन २०२१ को आठौ संशोधन र भुमि सम्बन्धि नियमहरु (अठारौ संशोधन) मा भएका व्यवस्था अनुरुप काम गर्न २०७७ बैशाखमा गठन भएको भुमि सम्बन्धि समस्या समाधान आयोगलाई मञ्चले महत्वपुर्ण अवसरको रुपमा लिई स्थानिय तह मार्फत हुने गतिविधिमा सहयोग र समन्वय गर्दै आएको थियो ज्ञापन पत्रमा जानकारी गराएका छन् । ज्ञापन पत्र जिल्ला भुमि अधिकार मञ्च सप्तरीका जिल्ला अध्यक्ष सुरहित सदाय तथा राष्ट्रिय भमि अधिकार मञ्चका केन्द्रिय सदस्य शिव कुमार पासवानले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤