Siraha Times
ताजा समाचार

म्याग्दीको बेनीमा भीषण आगलागी : दुईवटा पसल जलेर नष्ट, लाखौंको क्षति

  • साउन २६, २०७८
  • ५६७ पटक पढिएको
  • रामएकवाल राम
alt

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिनुभयो ।आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१