शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई नेका द्वारा आग्रह

  • साउन २१, २०७८
  • ६१६ पटक पढिएको
  • रामएकवाल राम
alt

जितेश मण्डल काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

बुधबार बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना दिंदै शैक्षिक परामर्श क्षेत्रमा भएका समस्याका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो । नेकाका केन्द्रिय अध्यक्ष सन्तोष प्यकुरेलले प्रम देउवा समक्ष छात्रवृत्ति ऐन अन्र्तगत नेकाले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा जान रोक्ने, शैक्षिक परामर्श संघहरुको दर्ता प्रक्रिया झन्झटिलो रहेको र त्यसलाई एकद्धार प्रणालीबाट लागु गर्न, कोभिडको असरले परामर्श व्यावसायीहरुको अवस्था दयनीय रहेकोले राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी शिक्षा ऐनमा समेटिएका कतिपय बुँदाहरु व्यावसाय मैत्री नभएकोमा व्यावसायी मैत्री बनाउन अध्यक्ष प्यकुरेलले आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले शिक्षा मन्त्रालय अन्र्तगत रहेका शैक्षिक परामर्शको सम्पुर्ण समस्याहरुको समाधान गर्न राष्ट्रिय शैक्षिक परामर्श संघसँग सुझाव लिदै समन्वयकारी भुमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको सचिव दिपक कोईरालले जानकारी दिनु भयो ।

भेटमा नेकाका अध्यक्ष प्याकुरेलसँगै उपाध्यक्ष निरज सिटौला, महासचिव राकेश श्रेष्ठ,सचिव दिपक कोइराला, कोषध्यक्ष रमण कोइराला, सदस्यहरु वि.पी शार्मा,विक्रम शर्मा कँडेल र केशव सिंखडाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१