एमाले नेताको दादागिरी : दलितको घरमै पसेर कुटपीट

  • साउन २०, २०७८
  • ५३० पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम, साउन २० । एमाले नेताको एक समूहले धनुषाका एक दलित परिवारलाई घरभित्रै पसेर मरसान्न हुने गरि कुटपीट गरेका छन् ।

मंगलबार राति उनीहरुको कुटपीटबाट दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएका हुन् । जिल्लाको धनुषाधाम नगरपालिकाका एमाले नेता योग कुमार यादवका आफन्त तथा उनको समूहले कुटपीट गर्दा नगरपालिकाका वडा नं. ४ का दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएको स्थानीयहरुले बताएका छन ।

घाइते हुनेहरुमा श्रीचन महरा, हिरा देवी महरा, ओपिन महरा, उर्मिला महरालगायत छन् । उनीहरुको धनुषाधामस्थित स्थानीय स्तरमा उपचार भईरहेको छ । धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु संजय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादवलगायका समूहले घरमै पसेर कुटपीट गरेको घाइते श्रीचन महराले बताए ।

जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथी आक्रमण गर्ने गरेको महराले बताए । सामाजिक झैँ–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपीट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

प्रहरीको टोली घटनास्थल पुग्दा कुटपीट गर्नेहरु भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१