Siraha Times
ताजा समाचार

विकासको मुख्य स्रोत नै शिक्षा हो : मन्त्री शैलेन्द्र प्रसाद साह

  • साउन २०, २०७८
  • १३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी  । शम्भुनाथ  नगरपालिका वडा न.४ सखुवा (सप्तरी)  स्थित श्री हियालाल मा. वि. सखुवा कचनदाहा र श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहा, सप्तरीमा  साइकल वितरण गरिएको छ । मङ्गलवार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरूलाई प्रदेश-२ सरकारको बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण गरियो  । कक्षा ८ तह अध्ययनरत श्री हियालाल मा. वि. सखुवा कचनदाहामा २० जना छात्रा साथ साथै  श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहा लाई १७ जना छात्राहरूलाई  प्रदेश न. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा  साइकल वितरण गरिएको छ । सोही क्रममा  शम्भुनाथ  नगरपालिका वडा न.४ का वडा अध्यक्ष अरुण कुमार चौधरीले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूले भन्नुभयो ‘प्रदेश सरकार वाट जे सहयोग गर्नु पार्छ त्यसमा म कृषि सहकारी मन्त्री भएर पनि  शिक्षामा सहयोग गर्नेछु’ समेत बताउनु भयो। उहाँले भन्नुभयो साइकल वितरण गरी छात्राहरूको पहुँचमा शिक्षाको वृद्धि हुने समेत भन्नु भयो। सम्पूर्ण वडा अध्यक्ष , प्रधानाध्यापक , लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१