विकासको मुख्य स्रोत नै शिक्षा हो : मन्त्री शैलेन्द्र प्रसाद साह

  • साउन २०, २०७८
  • १२६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी  । शम्भुनाथ  नगरपालिका वडा न.४ सखुवा (सप्तरी)  स्थित श्री हियालाल मा. वि. सखुवा कचनदाहा र श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहा, सप्तरीमा  साइकल वितरण गरिएको छ । मङ्गलवार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरूलाई प्रदेश-२ सरकारको बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण गरियो  । कक्षा ८ तह अध्ययनरत श्री हियालाल मा. वि. सखुवा कचनदाहामा २० जना छात्रा साथ साथै  श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहा लाई १७ जना छात्राहरूलाई  प्रदेश न. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा  साइकल वितरण गरिएको छ । सोही क्रममा  शम्भुनाथ  नगरपालिका वडा न.४ का वडा अध्यक्ष अरुण कुमार चौधरीले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूले भन्नुभयो ‘प्रदेश सरकार वाट जे सहयोग गर्नु पार्छ त्यसमा म कृषि सहकारी मन्त्री भएर पनि  शिक्षामा सहयोग गर्नेछु’ समेत बताउनु भयो। उहाँले भन्नुभयो साइकल वितरण गरी छात्राहरूको पहुँचमा शिक्षाको वृद्धि हुने समेत भन्नु भयो। सम्पूर्ण वडा अध्यक्ष , प्रधानाध्यापक , लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१