Siraha Times
ताजा समाचार

कोभिड प्रभावित मुसहर दलित समुदायको लागि खाद्यान्न राहत सहयोग कार्यक्रम

  • साउन १९, २०७८
  • ५५८ पटक पढिएको
  • रामएकवाल राम
alt

मनोज राम पर्सा -  न्यूजील्याण्ड नेपाली संघ (एनजेडएनए) न्युजील्याण्ड New Zealand Nepalese Association ( NZNA) को आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश -२ , पर्साको आयोजनामा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-५ सखुवनिया गाउँको दलित समुदायको लागि ५९ घरपरिवार लागि खाद्यान्न राहत वितरण गरिएको छ।


विगत लामो समय देखि कोभिड बाट बच्नको लागि विश्व र नेपाल भरी लकडाउन / निषेधाज्ञा गरेको अवस्था रहेकोे छ। यस लकडाउन / निषेधाज्ञाको पालना सबैले गरेका छ्न। सबै काम बन्द भएकोले गरीब , दलित , मजदुर र श्रमिकहरु प्रभावित रहेकोे छ्न। अहिले समान्य अवस्था रहे पनि काम चलेको छैन । अहिले पनि दलित , मजदुरलाई खाना खाने समस्या रहेकोे छ। दैनिकी गुजारा गर्ने समस्या रहेकोे छ। दलित गरीब तथा अति विपन्नहरुलाई धेरै खाद्यान्नको समस्या रहेकोेले केही राहत पुगोस भन्ने सहयोग गरिएको छ।


पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा न्यूजील्याण्ड नेपाली संघ (एनजेडएनए) न्युजील्याण्ड /New Zealand Nepalese Association ( NZNA) को आर्थिक सहयोगमा प्रदेश -२ को पर्सा जिल्लाको अति प्रभावित दलित समुदायको गाउँ गाउँहरुमा खाद्यान्न राहत सहयोगको योजना अनुसार वितरण कार्य सुरु गरिएको छ। यो संस्था सहयोगमा ८६ घरपरिवारलाई खाद्यान्न राहत सहयोग गर्ने योजना रहेको छ ।

यस पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-५ गाउँको अति विपन्न , मुसहर दलित समुदायको ५९ घरपरिवार घरधुरीको लागि खाद्यान्न राहत सहयोग गरिएको छ। जसमा २० केजी चामल , १ केजी नुन र १.५ केजी दाल र मास्क सहयोग गरिएको छ।

यस कार्यक्रमको अध्यक्षता दलित अगुवा खेदनी देवी मुसहर , विशेष अतिथि रामाकान्त चौधरी , अतिथी पिसफोर दलितस फाउन्डेसन नेपालको उपाध्यक्ष चन्द्रकिशोर राम , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य सुरेन्द्र पासवान , सन्जोग राम र , दलित अगुवा लहवर राम र दलित जनप्रतिनिधि दलित महिला सदस्यहरुको सहभागिता रहेकोे थियोे ।

यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज रामले गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१