फुर्के धागो २ भोलि सार्वजनिक हुँदै

  • साउन १८, २०७८
  • १२५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । ‘फुर्के धागो’ बोलको गीतको अपार सफलता पछि ‘फुर्के धागो २’ मंगलबार सार्वजनिक हुने भएको छ। मंगलबार ४ बजे ‘जननी नेपाल’ नामक युटुब च्यानलमार्फत गीत सार्वजनिक हुने भएको हो । प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। संगीत गायक गौतमले नै भर्नुभएको छ । भुवन लामाको निर्देशनमा रहेको गीतको भिडियोमा मुख्य अभिनय कलाकार अन्जली अधिकारी र नयन डिसीको रहेको छ। यस्तै गीत एरेन्ज उदयराज पौडेलले गर्नुभएको छ ।

फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ । कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ। बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’, लगायत बोलका गीतको चर्चा गाउँदेखि सहरसम्म उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१