Siraha Times
ताजा समाचार

एलिसालाई मिस सिरहाको ताज

  • असार ८, २०७५
  • १५०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ७ असार । मिस सिरहाको ताज लहान ९ की एलिसा साहशंकरले जितेकी छन् । करिब एक महिनादेखि छनौट हुंदै असार ६ गते राती मिस सिरहाको अन्तिम विजेता एलिसा भएकी छन् । भारतीय जनता पार्टीका नेता विजय जोलीका प्रमुख आतिथ्यमा भएको सो प्रतियोगिताका फस्ट रनर अफ लहान १ की प्रिती चौधरी भएकी छन् । सेकेन्ड रनर अफ सिरसा तमागं भएकी छन् । प्रमुख अतिथी जोलीले यो कुनै व्यूटी होइन्, पर्सनाल्टी जागरण हो । यो प्रतियोगिहरु भोली देश र प्रदेशको नेतृत्व गर्न सकिने क्षमता प्राप्त गर्ने आधार तयार भएको बताउंनुभयो ।

जोलीले महिला अगाडि बढ्न सक्छ । यसको लागि घरमा आमा बुवा, कांलेजमा साथीसंगी र विवाहपछि पतिले सपोट गरियो भने महिला शिखर छुन्न सक्छ उहांले बताउंनुभयो । महिलाहरु यो पहिचानले समाजमा उदाहरणीय काम गर्न सकिने छ । महिलाहरुलाई हरेक क्षेत्रमा आरक्षण दिनुपर्ने अतिथीहरुले बताएका थिए ।

सोनाली यादव, सिरसा तमांग, वविता विक, एलिसा साहशंकर, प्रिती थारु पांच अन्डरको छनौटमा परेका थिए । सविना श्रेष्ठ वेष्ट भिजन, कृष्टीना भट्ट वेस्ट फोरपेरेन्स, सोनी लोहनी वेस्ट डिसिपिलिन, सोनाली यादव पंगचुअल, मधु चौधरी इनरजेटिक, सपना साह चार्मिग, स्मीता चौधरी वेस्ट लुक, वविता विक मोस्टलिस्ट, आयुषा तमांग वेस्ट फिगर, विधा सास्त्री टाइलेन्ट, गौतम चौधरी फोटोजेनिक, रिसिका चौधरी वेस्ट वाक, रक्षा खेतान मोस्ट पपुलर, वविता विसी छनौट भएका छन् । विजेता एलिसा साह शंकरलाई पुरस्कार स्वरुप ५० हजार, प्रिती थारुलाई ३० हजार र सिरसा तमांगलाई २० हजार पुरस्कार दिएका छन् । कार्यक्रम केआएसका सुजित रुचालका सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१