Siraha Times
ताजा समाचार

जनकपुरमा टी-२० क्रिकेट हुने, विजेताले ३ लाख ११ हजार पाउँने

  • चैत १३, २०७४
  • ११७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १३ । धनुषा क्रिकेट संघको आयोजनामा बैशाख सात गते देखि जनकपुरमा दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ ।डीजीएमटीको पहिलो संस्करण २०६९ सालमा र दोस्रो संस्करण २०७१ सालमा भए पनि विचमा यो प्रतियोगिता विभिन्न कारणले रोकिएको थियो ।टी–ट्वान्टी फरम्याटमा हुने प्रतियोगितामा तीन विभागिय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लव सहित आठ टिमको सहभागिता रहनेछ । जसमा जनकपुर, विराटनगर र विरगञ्ज सहित भारतको आशाम र कानपुरको टिमले भाग लिनेछन । ५० लाख रुपैयाँ बजेटमा संचालनहुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र दोस्रो हुनेले एक लाख ७१ हजार पाउनेछन । पहिलो र दोस्रो संस्करणमा म्याट ओछ्याएर गरिएको प्रतियोगिता यो वर्ष टर्फ विकेटमा गर्ने भएको छ । प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको आयोजकले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१