Siraha Times
ताजा समाचार

कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित हुने

  • साउन १८, २०७८
  • ११०८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौंं । कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए । 

भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।

‘निकट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’ उनले भनेका छन् । कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१