Siraha Times
ताजा समाचार

चोरी भएको सखरा भगवतीको मुकुट फेला मुकुट चोर पक्राउ

  • साउन १८, २०७८
  • ११९६ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साहराजविराज, १७ साउन । प्रदेश नम्बर २ को प्रसिद्ध शक्तिपीठ माता छिनमस्ताको मुकुट आज फेला परेको छ । 

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आईतबार साँझ चोरी भएको थियो ।

साँझ करिब ७ः१५ बजेतिर माता छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएकोमा आज विहान सप्तरीको विष्णुपुर गाउँपालिकास्थित फेला परेको हो । साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियो । 

आज विहान मुकुट खोजीको क्रममा स्थानीय प्रशासनले कडा सक्रियता देखाएपछि विष्णुपुर गाउँपालिक वडा नम्बर ५ मझाउ टोलका राजेश कुमार मण्डल पक्राउ परेका छन । मंडल प्रहरीको नियंत्रणमा रहेका छन ।

प्रसिद्ध शक्तीपीठको मुकुट चोरी भएपछि जिल्लाभरिमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो भने सप्तरीका सिडिओ जयनारायण आचार्य समेत मुकुट चोरीको खवर पाएलगत्तै मन्दिर पुगेका थिए । 

उता, घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली मुकुट खोजी कार्यलाई तीव्रता दिएका थिए भने छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१