ताजा समाचार

चोरी भएको सखरा भगवतीको मुकुट फेला मुकुट चोर पक्राउ

  • साउन १८, २०७८
  • १२५२ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साहराजविराज, १७ साउन । प्रदेश नम्बर २ को प्रसिद्ध शक्तिपीठ माता छिनमस्ताको मुकुट आज फेला परेको छ । 

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आईतबार साँझ चोरी भएको थियो ।

साँझ करिब ७ः१५ बजेतिर माता छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएकोमा आज विहान सप्तरीको विष्णुपुर गाउँपालिकास्थित फेला परेको हो । साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियो । 

आज विहान मुकुट खोजीको क्रममा स्थानीय प्रशासनले कडा सक्रियता देखाएपछि विष्णुपुर गाउँपालिक वडा नम्बर ५ मझाउ टोलका राजेश कुमार मण्डल पक्राउ परेका छन । मंडल प्रहरीको नियंत्रणमा रहेका छन ।

प्रसिद्ध शक्तीपीठको मुकुट चोरी भएपछि जिल्लाभरिमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो भने सप्तरीका सिडिओ जयनारायण आचार्य समेत मुकुट चोरीको खवर पाएलगत्तै मन्दिर पुगेका थिए । 

उता, घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली मुकुट खोजी कार्यलाई तीव्रता दिएका थिए भने छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤