सिरहाको पतारी पोखरीको सौन्दर्य फेरे पनि काम अधुरो

  • श्रावण १४, २०७८
  • ६६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार,लहान,श्रावण १४ बिहीबार । सिरहाको लक्ष्मीपुर - पतारी गाउँपालिका कार्यालयको अगाडि रहेको विश्व प्रसिद्ध पतारी पोखरीको केही सौन्दर्य फेरिएता पनि कामकाज अधुरो गरि रोकिएको छ। दुई तिर पुर्व,पश्चिममा मात्र केही काम भएको हो , दुई तिर काम बाँकी नै रहेको हो । वैशाख १ गते नयाँ वर्षको दिन फुलबारी र त्यसकै भोलिपल्ट अर्थात वैशाख २ गते पतारी मेला हरेक वर्ष लाग्ने गर्दछ। मेला हेर्न आउँनेको र एउटा एेतिहासिक र पर्यटकीय क्षेत्रमा नै चुनौतीपूर्ण देखिएको उक्त पोखरी हो । यस पतारी पोखरीमा निसन्तानले सन्तान प्राप्तिका लागि मेला हेर्न र पोखरीमा डुब्की लाउन आउने गर्छन् । त्यसैले उक्त पतारी पोखरीको महिमा सराहनीय रहेको स्थानीयहरुले भन्नू हुन्छ , बाबा हरसिंह देव जीको मन्दिरलाई सम्वर्धन अनिवार्य हुनुपर्ने देखिन्छ । यता गाउँपालिकाको लक्ष्य सहितको कामकाजमा जोड दिनुपर्ने देखिन्छ । पालिकाको वजेटबाट पतारी पोखरीको चारैतर्फ पुर्व,पश्चिम , उत्तर , दक्षिण पट्टिका ठाउँ खाली गराएता पनि सौन्दर्य मान्छेको मन भित्र मात्र । चारै तिर राखिएका पसल, टहरा हटाएता पनि सौन्दर्यतामा केही फरक रहेको छैन । सौन्दर्य र सौन्दर्यता एउटा आफैमा गर्वाम्वित हुन्छ । सौन्दर्य हेर्नेको आँखा नजरमा हुन्छ , सिरहाको पवित्र पावन भुमि पतारीलाई यथाशीध्र पर्यटकीय क्षेत्र बनाउन पालिका कार्यालय हुनुपर्ने देखिन्छ । ठेक्कदारले निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने स्थानीयको जोडदार मांग छ। यदि पालिकाले दीर्घकालीन सौन्दर्यलाई फोक्स् गर्ने उदेश्य लाई पूरा गर्न फेरि पनि अधुरो कामलाई निरन्तरता दिनुपर्ने स्थानीय अशोक यादवले बताए । पालिकाले लिइएका जनता सँग वाचा पूरा गर्न " उज्ज्वल भविष्य सुनिश्चित गर्न; सबैको साथ " नारा राखे पनि नाराको खासै औचित्य रहेको छैन ।

प्रतिक्रिया दिनुहोस

लागूऔषध सहित २ (दुई) ...

ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगर ...

पोखरिया नगरपालिकामाथ ...

रंजित चौरसिया,वीरगंज १ जेष्ठ। पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको ...

पालिकाको जनतालाई तिन ...

रंजित चौरसिया बारा १ जेष्ठ। बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१