Siraha Times
ताजा समाचार

प्रदेश-२ का प्रदेश प्रमुख अहिराज गण्डकी प्रमुख पौडेल लुम्बिनीका धर्मनाथ यादव पदमुक्त

  • साउन १२, २०७८
  • ७७६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ती दिएका तीन प्रदेश प्रमुखहरुलाई हटाउने सहमति सत्ता गठबन्धनमा भएको छ ।

मन्त्रिपरिषदको आज बस्ने बैठकले तीन प्रदेश प्रमुखलाई हटाउने तयारी गरेको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच तीन वटा प्रदेशका प्रमुख हटाउने सहमति भएको बताइएको छ। जस अनुसार प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’, गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई हटाउने तयारी गरिएको हो। सोही निर्णय गर्नको निम्ती मन्त्रिपरिषद बैठक आजै ३ बजेका लागि बोलाइएको छ।

२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई केपी ओली नेतृत्वको सरकारले पदमुक्त गर्दै नयाँ नियुक्ति गरेको थियो। त्यतिबेला नेकपाका दुई पक्ष (पूर्वएमाले र पूर्वमाओवादी)ले भागबण्डामा प्रदेश प्रदेश प्रमुख नियुक्त गरिएको थियो। तर, नेकपा विभाजन भएसँगै ओलीले पूर्वमाओवादीका तर्फबाट नियुक्ति पाएका प्रदेश प्रमुखलाई पनि हटाएर आफू निकटलाई नियुक्त गरेका थिए।

लुम्बिनी प्रदेशका प्रमुख यादव विवादमा पर्दै आएका छन्। गत वैशाखमा उनले बहुमतको विवादमा रहेका शंकर पोखरेललाई नियुक्त गर्दै मुख्यमन्त्री कार्यालयमै गएर सपथ खुवाएका थिए। गण्डकी प्रदेशकी प्रमुख पौडेलले नियुक्ति हुने बित्तिकै गण्डकी प्रदेश सभा सभामुखको विषयमा व्यक्त गरेको धारणाका विवादमा परेकी थिइन्। तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद धरापमा परेपछि ओलीले तत्कालीन प्रमुख अमिक शेरचनलाई हटाउँदै पौडेललाई नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१