धनुषा - प्रदेश -२ को धनुषामा जिल्लामा रहेका एक जना मृगौला पीडितलाई चमार कल्याण सौउदी ग्रुप द्वारा हिजो आर्थिक सहयोग गरेका छन।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा-७ पोर्ताहा बस्ने शिवकुमार महरा विगत केहि दिन देखि मृगौला फेल भएको थाहा पाएपछि विभिन्न ठाउँ उपचार गराई अहिके जनकपुरमा उपचार चलिरहेको छ।
चमार कल्याण सौउदी शाखाद्वारा नगद रु.२१००० नेपाली रुपैयाँ सहयोग गरेको सौउदी शाखाका संयोजक सुरेन्द्र महराले जानकारी दिएका छन।
दहेज मुक्त अभियान बाल शिक्षा अभियान दलित एव चमार समुदाय माथि भईरहेको दमन शोषण छुवाछूत भेदभाव महिला हिंसा तथा सम्पूर्ण चमार जातिलाई सङ्गठित गर्ने मुख्य उद्देश लिई यस संस्थामा आवद्ध हुन विश्व भरीका सम्पूर्ण नेपाली चमारहरुलाई आग्रह समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved