भ्रमरपुराकी सुजिता ठाकुरको शव पनि भेटियो

  • असार २७, २०७८
  • ११७४ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी - महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि भेटिएको छ ।

आज विहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पारेको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ । अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केहिदिन अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो ।

त्यसपछि सुजिताको ह’त्या आरोपमा देबर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लियो । उनी दुबैजना प्रहरी हिरासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।

घटनाको अनुसन्धान गर्दै जांदा प्रहरीले सुजिताको शव फेला पार्न सफल भएको छ । यो घटनाको सुक्ष्म अनुसन्धानका लागि अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज राय निरन्तर दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

शिक्षा सुधार भाषणमै ...

रंजित चौरसिया,बारा १ चैत्र। स्थानीय तह निर्वाचनका बेला शिक्षा सुधारका ठूला–ठूला प्रतिबद्धता गर ...

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१