भ्रमरपुराकी सुजिता ठाकुरको शव पनि भेटियो

  • असार २७, २०७८
  • ११५४ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी - महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि भेटिएको छ ।

आज विहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पारेको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ । अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केहिदिन अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो ।

त्यसपछि सुजिताको ह’त्या आरोपमा देबर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लियो । उनी दुबैजना प्रहरी हिरासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।

घटनाको अनुसन्धान गर्दै जांदा प्रहरीले सुजिताको शव फेला पार्न सफल भएको छ । यो घटनाको सुक्ष्म अनुसन्धानका लागि अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज राय निरन्तर दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१