Siraha Times
ताजा समाचार

खानेपानी नियमित गर्न जोड, राजपाका लहान नगर अध्यक्ष आलमको नेतृत्वमा खानेपानी घेराउ

  • असार १, २०७५
  • ११५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १ असार । लहानमा खानेपानीको अनियमित सप्लाएभएपछि उपभोक्ताहरु आक्रोशित भएका छन् । खानेपानी संस्थान लहानले करिब एक सत्तादेखि नियमित पानी नदिएपछि उपभोक्ताहरु मारमा परेका छन् । उपभोक्ताहरुको मध्यनजर गर्दै राष्ट्रिय जनता पार्टी लहान नगर कमिटीका अध्यक्ष महमुद आलमका नेतृत्वमा आज खानेपानी नियमित गर्न सयौको संख्यामा उपभोक्ताहरुले कार्यालय घेराउ गरेका छन् । करिब एक घण्टासम्म घेराउ गर्दा खानेपानी संस्थानका प्रमुख विनोद मिश्रले सम्झौतामा आएका छन् । राजपा नगर अध्यक्ष आलम र स्थानीय भद्रभलादमीका ६ जनाको वार्ता टोली र प्रमुख मिश्रबीच नियमित खानेपानीको व्यवस्था गर्न सहमती भएको छ । सहमती अनुरुप चाडपर्वको बेला विहान बेलुका र दिउंसो गरी तीन समय धारामा पानी दिने प्रतिबद्धता गरेको छ । आवश्यकता अनुसार विहान बेलुका दूई दूई घण्टा धारामा पानी उपलब्ध गराउंने प्रमुख मिश्रले प्रतिबद्धता जनाएको छ । लोडसेडिंगमुक्त नेपाल घोषणा गरेपनि केही दिनदेखि लहानमा विजुली पटक पटक काटिने भएकोले उपभोक्ताले आवश्यकता अनुरुप पानी प्रयोग गर्न नपाउंने गरेको छ । विहान बेलुका एक घण्टा धारामा पानी दिने गरेकोले त्यही बेला विजुली काटिएको हुन्छ स्थानीय उपभोक्ता गोपाल गुप्ता बताउंछन् । उनले भने ‘एक घण्टामा नगरपालिकाभरीको पाइपमा पानी पुग्न नै लाग्छ । अनि टंकीमा पानी चढ्न नसकेर उपभोक्ताहरु समस्यामा पर्ने गर्छन् ।’ गर्मीको सिजनमा पानीको अधिक माग हुने गरेको छ । यसलाई मध्यनजर गर्दै वार्तामा बसेका राजपा नगर अध्यक्ष आलमले भने ‘आवश्यकता अनुरुप दूई घण्टा धारामा पानी उपलब्ध गराउंन समेत सहमति भएको छ ।’ ‘धारामा दुषित आउंने गरेकोले यसप्रति समेत सचेत गराएका छौ ।ं’ तीन दिनदेखि लहानमा नियमित धारामा पानी नआएकाले उपभोक्ताहरु नुहाउंन धुउन, पिउंन र सरसफाईबाट बंचित हुंदै आएको थियो । विशुद्ध पानीको लक्ष्य लिएर खानेपानी संस्थानले पानी वितरण गरिरहेको भएपनि कहिलेकाही लेदो र माटो मिसिएको पानी समेत धारामा आउंने गरेकोले उपभोक्ताहरु रोगको सिकार हुने गरेको छ । गर्मीमा यसको प्रकोप बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१