Siraha Times
ताजा समाचार

मिर्चैयामा बाल भित्तेपत्रिका तालिम सुरु

  • जेठ ३१, २०७५
  • ८४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ३१ जेष्ठ । मिर्चैयामा तीन दिने बाल भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सुरु भएको छ । मिर्चैया नगरपालीकाको आयोजना र धमिनी साप्ताहिक पत्रिका गोलबजारको सहजीकरणमा आजदेखि तीन दिने तालिम सुरु भएको छ । पत्रिकाका प्रतिनिधि आशिष विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ट अतिथिका रुपमा उपमेयर जिबछी देवि साह र प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलको उपस्थित रहेको थियो । तालिमा नगरपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष रामबाबु यादबले बताए । पत्रकार आशिष बिश्वकर्मा र राम नारायण पंडितले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिईरहेको आयोजकले जनाए । 

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१