सुमधुर धुनको नयाँ धुन बजारमा (भिडियोसहित)

  • जेठ ३१, २०७५
  • ८९० पटक पढिएको
  • नवराज विष्ट
alt

काठमाडौँ/ गीत संगीत र मोडलिङको क्षेत्रमा प्रवद्र्धनात्मक काम गर्दै आएको कमर्सियल साइट सुमधुरधुनले सुवासचन्द्र जोशीको स्वरमा नयाँ म्युजिक भिडियो प्रस्तुत गरेको छ ।

डीपी खनालको शब्द संयोजनमा बालापनको प्रेम सम्बन्ध र सम्झनालाई भिडियो मार्फत उतारिएको ‘छामी हेर न’ बोलको यो प्रेम गीतको कम्पोजिसन शंकर थापा स्माइलले गरेका छन् । गीतका एरेन्जर उदयराज पौडेल हुन् ।

प्रतिमा श्रेष्ठको निर्देशनमा पशुपति श्रेष्ठले क्यामेरा चलाएका छन् । म्युजिक भिडियोमा दर्शन, महेश, मानवी, रचनाले अभिनय गरेका छन् । गीतमार्फत बालापनदेखिको प्रेम भाव र समर्पणलाई सचित्र उतारिएको यो म्युजिक भिडियो सुमधुरधुनको अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ भने भिडियोको सम्पादन र निर्माण सुमधुरधुन आफैँले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा उपेन्द्र या ...

ओम प्रकाश यादव लहान, २८ माघ । मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र राज्यबाट भएको उपेक्षालाई मुख् ...

घरदैलो अभियानमा सत्य ...

लहान, २८ माघ । सिरहा निर्वाचन क्षेत्र नं. १ का जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस ...

घरदैलो अभियानमा जनमत ...

ओम प्रकाश यादव लहान, २८ माघ । सिरहा निर्वाचन क्षेत्र नम्बर १ का जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१