Siraha Times
ताजा समाचार

सडकमा धान रोप्दै युवाहरु

  • असार ९, २०७८
  • १३११ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान - असार ९ बुधबार - सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति। विष्णुपुरकटी ६ हाल धनगढिमाई १२ मा पर्ने नईनपुर ठटीया सडकको स्तर उन्नती गर्नेक्रममा अजकल्टु सडकमा कालोपत्रे भएपछि युवहरू तातिएका हुन् ।

ठटीयातीर जाने सडकको कालोपत्रे गर्ने क्रममा डोजरले स्थानिय गंगाई महतो र निर्मल यादबको घर अगाडि खनेको बाटो नपुरेपछि करिब ५ फिट गहिरो खाल्डोको कारण आवत जावतमा उत्पन्न कठिनाई र सहजताको बारेमा स्थानिय वडा अध्यक्ष राजु श्रेष्ठलाई पटक पटक बाटोको अवस्थाका बारेमा जानकारी गराउँदा आलटाल गरेको र मेयर हरिनारायण चौधरीलाई भेट्न जाँदा कार्यालयमा नभेटेको युवा रमेश यादबको आरोप छ ।

जनप्रतिनिधिलाई बजेटले पुगेन धान फलाएर बाटो बनाउँछौं त्यसैले बाटोमा धान रोपेको स्थानिय विरेन्द्र महतोले बताए । बिहान ७ बजेदेखि सडकमा धान रोपेपछि यतिबेला बाटोमा ढुंगा मुढा तेर्साएर बाटो अवरुद्ध गरिएको छ । बाटोको बारेमा ध्यान नदिए वडा कार्यालय घेराऊ गर्ने स्थानियको भनाई रहेको छ । बाटोमा स्थानिय सरे खोलाको बालुवा राखे तत्काल समस्याको समाधान हुने पक्का रहेकाे छ भने उक्त खोला बाटोबाट १ किलोमीटरको दूरीमा रहेको छ । सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१