राजेन्द्र महतो लहान असार ८गते।सिरहाको करजन्हा नगर पालिका स्थित सब डिभिजन बन कार्यालय बन्दिपुरले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरेका छन। सब डिभिजन बन कार्यालय बन्दिपुरले निशुल्क बितरण तथा बन जङ्गल क्षेत्र मा वृ क्षारोपण को लागि प्रदेश सरकार को कार्यक्रम अन्तर्गत १ लाख बिरूवाहरु उत्पादन गरेका हुन।

प्रदेश सरकार कार्यक्रम अन्तरगत करजन्हा पालिका .- १ बन्दिपुर स्थित सब डिभिजन कार्यालय को परिसरमा सिसो, महगनी,शिरीष ,लिपटिस,मसला , गम्हाइर, इपिलिपी , ,,खैयर ,तेज पात ,बइर ,अमला, लोकल साल ,आसन अादी जातका १ लाख रूखकाे बिरुवा उत्पादन गरेको सब डिभिजन बन कार्यालय बन्दिपुर का फोरेस्टर राम एकवाल यादव ले बताएका छन।

नगरपालिका , गाउँ पालिका तथा बन जङ्गल क्षेत्र लाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले स्थानीय बासीलाई निशुल्क बाेटबिरूवा बितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण को लागि उत्पादन गरिएको सब डिभिजन बन कार्यालय बन्दिपुर का फोरेस्टर रामएकवाल यादवले बताएका छन। उत्पादन गरिएको बिरुवा डिभिजन बन कार्यालय लहान ले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराईने र बाकी रहेका लाई बन जङ्गल क्षेत्र मा वृक्षारोपण गरिने फोरेस्टर यादवले बताएका छ्न।

वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण गर्दै आइरहेका छ्न।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved