Siraha Times
ताजा समाचार

सब डिभिजन बन कार्यालय बन्दिपुर द्वारा १ लाख बिरूवा उत्पादन

  • असार ८, २०७८
  • २०१५ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान असार ८गते।सिरहाको करजन्हा नगर पालिका स्थित सब डिभिजन बन कार्यालय बन्दिपुरले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरेका छन। सब डिभिजन बन कार्यालय बन्दिपुरले निशुल्क बितरण तथा बन जङ्गल क्षेत्र मा वृ क्षारोपण को लागि प्रदेश सरकार को कार्यक्रम अन्तर्गत १ लाख बिरूवाहरु उत्पादन गरेका हुन।

bandipur1

प्रदेश सरकार कार्यक्रम अन्तरगत करजन्हा पालिका .- १ बन्दिपुर स्थित सब डिभिजन कार्यालय को परिसरमा सिसो, महगनी,शिरीष ,लिपटिस,मसला , गम्हाइर, इपिलिपी , ,,खैयर ,तेज पात ,बइर ,अमला, लोकल साल ,आसन अादी जातका १ लाख रूखकाे बिरुवा उत्पादन गरेको सब डिभिजन बन कार्यालय बन्दिपुर का फोरेस्टर राम एकवाल यादव ले बताएका छन।

bandipur2

नगरपालिका , गाउँ पालिका तथा बन जङ्गल क्षेत्र लाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले स्थानीय बासीलाई निशुल्क बाेटबिरूवा बितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण को लागि उत्पादन गरिएको सब डिभिजन बन कार्यालय बन्दिपुर का फोरेस्टर रामएकवाल यादवले बताएका छन। उत्पादन गरिएको बिरुवा डिभिजन बन कार्यालय लहान ले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराईने र बाकी रहेका लाई बन जङ्गल क्षेत्र मा वृक्षारोपण गरिने फोरेस्टर यादवले बताएका छ्न।

bandipur3

वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण गर्दै आइरहेका छ्न।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१