ड्युटीमा खटिएका सिपाहीले आफैलाई हाने गोली

  • असार ७, २०७८
  • ६५६ पटक पढिएको
  • रामएकवाल राम
alt

असार, ।वीरगंजमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले स्वयंलाई गोली हानेका छन् ।

उनी आफैले बोकेको एन १६ राइफलबाट आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। पर्साको पोखरिया नगरपालिका ५ सतवरियाका २२ वर्षे श्यामबाबु प्रसाद चौहानले ब्यारेकभित्रको पोस्टमा ड्युटीमा खटेको बेला गएराती साढे ८ बजे आफुलाई गोली हानेका हुन् ।

अचानक गोली पड्केको अवाज सुनेर अन्य सेनाका सिपाही गएर हेर्दा चौहानले चिउँडो मुनिबाट आँखाको मुनिबाट निसेकिने गरि गोली हानेका थिए।त्यसपछि उनलाई तुरुन्त नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरि नेसनल मेडिकल कलेज वीरगंजमा लगिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश कुवरले जनाए। घटना भएको केही बेरमा अस्पताल लगिएको छ, रक्त श्राव धेरै भएको छैन, मुख, दाँत र नाकमा घाउ छ, अवस्था गम्भीर नै छ, उनले भने।

उनले आफैलाई किन गोली हान्ने अवस्थामा पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

शिक्षा सुधार भाषणमै ...

रंजित चौरसिया,बारा १ चैत्र। स्थानीय तह निर्वाचनका बेला शिक्षा सुधारका ठूला–ठूला प्रतिबद्धता गर ...

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१