फिरोज शेख लहान २०७५ जेष्ठ २६ । सिरहाको लहानमा मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपाल ( मेलान ) ले आफ्नो १३ औ वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ। मेलान जिल्ला कार्य समिति सिरहाका अध्यक्ष कृष्णदेव गुप्ताको अध्यक्षता तथा मेलान केन्द्रिय सदस्य विजय कुमार यादवको प्रमुख आतिथ्यमा लहान रेडक्रसको प्रांगणमा रक्दान कार्यक्रम सम्पन्न गरेको छ।भने राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा उपचार गराउन आएका विरामीहरु लाई अस्पतालका मेसु सुनिल कुशवाहको उपस्थितिमा फलफुल वितरण गरेको छ। कार्यक्रमा मेलानका सल्लाहकार चतुरानन्द यादव , उपाध्यक्ष प्रदिप यादव ,कोषाध्यक्ष दिलिप साह , जिल्ला सदस्य वैजनाथ साह , विजय यादव ,जयप्रकाश साह , महेश यादव लगायत मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपालमा आवध युवायुवतीहरुको उपस्थिति रहेको थियो।





प्रतिक्रिया दिनुहोस
लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic