Siraha Times
ताजा समाचार

बिदामा आएर रोकिएका श्रमिकको पुनः श्रमस्वीकृति खुल्यो

  • जेठ २६, २०७८
  • ७१२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।कोभिड संक्रमणका कारण अन्तराष्ट्रिय हवाई सेवा बन्द रहेको जनाउँदै रोकिएको श्रमस्वीकृति आंशिक रुपमा खुला भएको छ ।

वैशाख २४ बाट भौतिक रुपमा उपस्थित भएर लिने श्रमस्वीकृति सेवा बन्द गरिएको थियो । लगभग एक महिना रोकिएको श्रमस्वीकति हाललाई बिदामा आएका श्रमिकका लागि मात्र खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।कोरोना संक्रमणका कारण भौतिक रुपमा कार्यालयमा नै उपस्थित भएर लिने तत्कालका लागि पुनः श्रमस्वीकृति मात्र दिने गरी बुधबारबाट सुचारु गरिने विभागको ताहचल कार्यालयले जनाएको छ ।

कार्यालयका अधिकृत प्रदीपकुमार ढकालका अनुसार कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी वैशाख २४ देखि कार्यलयमा भौतिक उपस्थित भई लिनुपर्ने सेवा केही समय स्थगित गरिएको भएपनि वैशाख २६ बाट सुचारु हुने छ ।उनले हरेक बुधबार पुनः श्रम स्वीकृतिको हकमा यसअघि बायोमेट्रिक नभएका श्रमिकहरुका लागि मात्र सेवा दिने गरी सुचारु भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१