Siraha Times
ताजा समाचार

बिकासका लागी तम्सिएका दुई युबा नेता

  • जेठ २६, २०७५
  • १२४९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेठ २६ । लहान नगरपालिका दुुई वाडाका दुुई याुवा नेताहरु विकासकालागि तम्सिएका छन् । सिरहाको लहान नगरपालिका वाडा २० र २१ वाडा अध्यक्षद्धय गणेश कुुमार चौधरी र हेमन्त यादव तम्सिएका हुन् । लहान नपाको २० र २१ म विकासको लहर जोडतोड चलेका छन् । टोलटोलमा ग्रमीण सडक विस्तार र माटो तथा ग्रयाबल हाल्ने कामलाई जोडतोडका साथ अगाडि बढाएका छन् । दुवै वाडा वाड अध्यक्षद्धय गणेश कुमार चौधरी र हेमन्त यादवले २० र २१ वाडामा पर्ने मोतीपुर मलहनमाका टोलवस्तीहरुमा संयुक्त रुपमा सहजीकरण गरेर ग्रामीण सडक विस्तार कार्यक्रमलाई निरन्तरता दिई अगाडि बढिरहेका छन् । यसरी टोलवस्तीमा ग्रामीण सडक विस्तार कार्यले सफलता पाइ त्यसमा माटो र ग्रयाबलको काम हुने क्रम जारी रहेका छन् । यस कार्यकालागि कतिपय स्थानमा अवरोध हुने अवस्था नआएको होइन अन्तत ः त्यो कार्यपनि स्थानीयहरुको साथ र सहयोगले सफल भएको २१ का वाडा अध्यक्ष हेमन्त यादवले बताउनुु भएको छ । पहिलो वर्षको योजनामा ग्रमीण सडक विस्तार र माटो र ग्रयाबल हाल्ने रहेकोले यस वाडाका सबै टोलमा यही योजनालाई अगाडि बढाएको समेत जानकारी दिनुुभयो । यो योजना पूरा गरिसकेपछि अर्को आ.व.को योजनामा पक्की सडक,नाला , खानेपानी,कृषि सडक र विद्युतीकरण लगायतका स्थानीयहरुको आवश्यकतामा आधारित योजना ल्याउने बताउनुु भयो । यही सडक विस्तार गर्ने क्रममा साविक ९ वाडा रहेको मोतीपुर स्थिति पासवान टोलमा करिब २ पुस्तादेखि विवाद र जोडजर्वजस्तीका कारण सडक विस्तार नभएको ठाउँमा समेत स्थानीय यूवाहरुको सक्रियतामा सफल भएको अध्यक्ष यादवले त्यहाँका स्थानीयहरुलाई धन्यवाद समेत दिनुु भएको थियो । यो मेरो सफलता नभएर त्यहीका स्थानीयहरुको ठूलो सफलता भएको र अब अगामी दिन आउने कुनै नेता तथा त्यहाँका जनतालाई काम गर्न कठिनाइ नहुने बताउनुु भयो । अगामी ५ वर्ष भित्र यस वाडाका सबै खेती योग्य जग्गामा कृषि सडक,विद्युतीकरण, सिचाईकालागि कूलो पैनी नहर प¥याउने लक्ष्य रहेको छ । उहाँले भन्नुुभयो,“ म एक युवा नेतृत्वको रुपमा अगाडि आएको छुु , मैले युवा लक्षित कार्यक्रम ल्याउनुु पर्ने नैतिक जिम्मेवारी पनि छ तसर्थ अगामी दिनमा युवासँग र युवाको विकाससँग जोडिएको योजना आउने प्रतिबद्धता समेत हामीसँगको कुराकानीमा बताउनुु भयो । यसै गरी वाडा नम्मबर २० का युवा नेता गणेश कुमार चौधरीले विकास नै हाम्रो मुख्य एजेण्डा थियो त्यसैले सबभन्दा पहिले सडक विकास र विस्तारको योजना अगाडि ल्याएको छ । थप्दै उहाँले भन्नुुभयो “ हामी दुवै वाडाका वाडा अध्यक्ष एउटै दलबाट र दुवै युवा नेताको रुपमा जनता सामुु आयौँ र जनताले हामीलाई जिम्मेवार पनि दएका छन् । जनताको यो जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य र नैतिक दायित्व भएकोले कतिपय स्थानमा हामी साझा रुपमा सम्झौता अुनसार विकासको कार्यक्रम अगाडि ल्याएका छौ । मोतीपुर मलहनमा गाउँमा ५ वटा टोलहरु साविकमा २ गाविसको सिमा थिए आज २ वाडाका सिमामा नै छ र कतिपय सडक दुवै वाडाका टोलवस्तीमा साझा रुपमा भएकाले हामी दुवै वाडाले सहकार्य गरेर अगाडि बढ्यौँ र जनताले साथ दिएकोमा सफल पनि भयौँ । हामी विकासका पूर्वाधारमा जे लगानी गछौँ ठोस काम गर्छो किनभने यो दुवै वाडालाई लहान नगरपालिकाको स्वच्छ,सफा ,सुन्दर र समृद्धीतर्फ अगाडि बढेको वाड बनाउने प्रतिबद्ध भएका हौँ । यसै गरी अध्यक्ष चौधरीले हामीसँगको कुराकानीमा भन्नुुभयो,“ राजनीतिक त्याग र सेवाको भावबाट गर्ने कुरा हो, यसमा व्यक्तिगत स्वार्थ र दलगत स्वार्थको गन्ध मिसिन दिनुु हुँदैन् । हामी २ वाडामा व्यक्तिगत स्वार्थ र दलगत स्वार्थ नराखी अगाडि बढ्ने प्रतिबद्धता गरिसकेका छौ । यही प्रतिबद्धताका साथ अगामी दिनमा सक्रिय रुपमा अगाडि बढने छौ । साथै चौधरीले दुवै वाडामा यो आर्थिक वर्षमा ८० लाख रुपैयाको बजेट रहेको जानकारी दिनुुभयो । अगामी वर्षको योजना स्थानीय जनताको आवश्यकता सँगै युवा दक्षजनशक्ति उत्पादन र मानव संसाधन तयार गर्ने खालका योजना स्थानीय संघसंस्था,बुद्धिजिवि र विज्ञहरुको सल्लाह सुुझब अनुसार बनाउने र सबैसँग सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सोही विषय वस्तुुहरुमा दुवैवाडाका स्थानीय बुद्धिजिविहरुसँग चासो राख्दा स्थानीयहरुले यी दुवै वाडाका वाडा अध्यक्षहरु शिक्षित युवा भएकोले दुुर्गामी सोच राखेर समृद्ध नगर बनाउने र स्थानीय जनताको भावना चाहना बमोजिमको लक्ष्य राखेर अगाडि बढ्नुु पर्ने साथै दलगत स्वार्थभन्दा माथि उठेर सबैको लागि सबै भन्ने उद्येश्यका साथ अगाडि बढे र विकासका योजना लगायत आधुनिक र सभ्य समाज निर्माणका काममा अगाडि बढ्नुु राम्रो हुने प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१