Siraha Times
ताजा समाचार

अन्तरजातीय प्रेमको कथा `तिरस्कार´ युट्युबमा सार्वजनिक (भिडियोसहित)

  • जेठ २४, २०७८
  • ८२४ पटक पढिएको
  • रामएकवाल राम
alt

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रबाट `तिरस्कार´ नामक छोटो चलचित्र युट्युबमा सार्वजनिक भएको छ । जातिय विभेद तथा अन्तरजातीय प्रेमको कथामा रहेर निर्माण सुरु गरिएको चलचित्रको कथा सुबिन विश्वकर्माले लेखेका हुन् भने निर्देशन पनि संयम् विश्वकर्माको रहेको छ ।

चलचित्रमा मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, गनेश राउत, विक्रम कर्ण, रोहिता भट्टराई, सुरक्षा कार्की, ललिता प्रधान, बिनोद रसाइली(जुरेली), लक्ष्मण खनाल, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका रहनेछ । यसलाई राकेश राइले खिचेका हुन् भने न्यु संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र, विनायक कृषि सहकारी संस्था लि., दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको सुबिन विश्वकर्माले जानकारी दिए ।

चलचित्र सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट सार्वजनिक भएको छ भने चलचित्रलाई सुरज राईले निर्माण गरेका हुन् । सुरज राई एक व्यबसायी हुन् । उनको बराहक्षेत्र ७ स्थित बांगेबजारमा एमिया ग्रिल, स्टिल एन्ड आल्मुनियम हाउस रहेको छ । उनी कला तथा संगीत क्षेत्रमा पनि रुचि राख्ने त्यहाका स्थानीय युवा हुन् । विभेदका विरुद्धमा उनी केही न केही गरिरहेकै हुन्छन्, त्यो उनको सामाजिक संजालमार्फत झल्किन्छ । यसपटक पनि उनले एक छोटो चलचित्र लिएर आएका छन् । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित चलचित्र नाम 'तिरस्कार' हो ।

यस चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको विश्वकर्मा बताउँछन् । यस् कथा मार्फत धेरै त भन्दिन, केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस, यत्ती चाहाना छ मेरो । उनले भनेँ । चलचित्र सदाबहार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । नौलो प्रस्तुति दिन रुचाउने मिडिया प्रालिले आगामी दिनहरुमा समेत भिन्न कार्य गर्ने अध्यक्ष तथा प्रधानसम्पादक बिजय राउतको भनाई छ । भिडियोको लिंक- https://youtu.be/pqYjm1fM-Q4

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१