निर्यातमुखी आँप उत्पादनमा उदासीन तिनैतहको सरकार

  • जेठ १९, २०७८
  • ११५३ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदारसिराहा लहान/ जेठ १९ बुधबार। फलफूलका राजा आँप ; यस वर्ष घट्दोक्रममा देखिन्छ। मानव जीवनका लागि फलफूल अति महत्त्वपूर्ण खाद्यान्न पदार्थमध्ये एक हो । यस वर्ष आँप प्रयाप्त नफलेको देखिन्छ। प्रदेश न. २ का धेरैजसो जिल्लाहरु सिराहा , सप्तरी , धनुषा लगायत तराई मधेशका जिल्लाहरुमा आँप घट्दो क्रममा देखिएको छ।

हाम्रो शरीरलाई खाद्यान्न तथा पौष्टिक आहारको समस्या नहुनदिन आँप साथै विभिन्न प्रकारका फलफुल सेवन गर्ने गरिन्छ । लक्ष्मीपुर - पतारी गाउँपालिका बस्ने ६१ वर्षिय हरिलाल रामले दिएको जानकारी अनुसार कुनै साल सिराहा जिल्लामा नसोचेसम्म आँप फल्छ। तर यस वर्ष फलेन्न सबै प्राकृतिक र ईश्वरीय देन हो , भनेका छन। यदि वैज्ञानिक ढङ्गबाट आपको खेती गर्यौ भने किसानको लागि फलदायी हुने बताए । यहाँ धेरै किसिमका आँपका प्रजाति पाइन्छ ।

जस्तै मालद , कलकतिया , बमई , किसुनभोग ,अम्रपाली , भदैया पाइन्छ । तराई मधेशमा लिच्ची पाइन्छ , तर अर्को ठाउँको , कटहरमा सङ्का छैन कटहर प्रशस्त पाइन्छ भन्ने हरिलाल रामले प्रत्यक्ष भेटघाट गरी बताए । फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन `ए ´ , भिटामिन 'सी' का साथै कपर , जिंक , पोटासियम , मिनरेल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरिरलाई निकै फाइदाजनक हुन्छ ।

आँपका फाइदाहरु :- आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरिरमा कोलेस्ट्रोलको लेवल कम गर्न मद्दत गर्छ। साथै मुटु सम्बन्धि समस्याबाट मुक्ति मिल्छ। - आँपको नियमित सेवनले पेटमा हुने कब्जियत , एसिडिटी तथा ग्याँस्ट्रइटिसको समस्याबाट मुक्ति मिल्छ। - आँपमा पाईने 'ए' ले गर्दा आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धि समस्याबाट छुटकारा पाउन सकिन्छ । - आँपको सेवनले शरिरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरिरमा इन्फेकसन हुनबाट बचाउँछ।

- आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरिरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ। - आँपमा भरपुर मात्रामा भिटामिन "बी" हुन्छ । जसले मस्तिष्कलाई स्वास्थ्य राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ। यसको सेवनले ब्लडप्रेसरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ। - २ चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चाँया समस्याबाट मुक्ति मिल्छ। सिराहा , सप्तरी र धनुषा आँपको पकेट क्षेत्रको रुपमा परिचित छ। मालद , बमई , किसुनभोग , कलकतिया , अम्रपाली जस्ता आँप हुँदै आएका छन।

तराई मधेशको अर्थतन्त्रको एउटा आधारका साथै सामाजिक - साँस्कृतिक प्रतीक पनि हो , आँप । गाउँघरमा गर्मी याममा मधेशीहरु आँपको बगैंचामा सुस्ताउन रुचाउँछन् । त्यसो गर्दा आँपको रखवाली पनि हुन्छ , शितल छायाँ पनि मिल्छ।आँप जस्तो स्वाद र " निराला अंदाज " अर्को कुनै फलमा पाइदैन पनि । मधेशमा जेठदेखी भदौसम्म रुखमै आँप पाइन्छ । विशेषत: मालदह आँपमा विशिष्ट स्वाद र सुगन्ध हुन्छ। यो मौसमका चार्डपर्व र हुने भोज भतेरमा आँप एउटा विशेष परिकार नै भयो । विहे भोजमा खानपिन सकेपछि जयन्तीका अगाडि खास मुल्य तोकेर आँप प्रस्तुत गरिन्छ । आँपको मौसममा नातेदार , इष्टमित्र कहाँ पनि आँप कोसेली पुर्याउने चलन छ। जिल्ला सदरमुकाम होस वा राजधानीमा , कर्मचारी सरुवा बढुवा , नोकरी चाकरीका लागि " आँपको टोकरी " लगिन्छ पठाइन्छ ।

आँपको रस सुकाएर अमावट वा आम पापड बनाइन्छ ।मधेशमा काँचो आँपको दर्जनौं प्रकारका चटनी , अचार , खटाई आदि बनाइन्छ । कतै व्यवसायिक बगैंचा छ त कतै सामान्य तवरले आफ्नो उपयोगका लागि लगाइएको आँपका फुलबारीहरु छन। भने हुन नसकेको छैन । जबकि किसान र पर्यटनलाई लक्ष्यित गरी यस्तो विशेषताका आँपहरुको प्रदर्शन मात्र होइन्न , दर्जनौं प्रकारका आँपकै फुलबारीमा पस्कन सकिन्छ । यसरी आँपको मौसममा मधेशीलाई पर्यटकमय बनाएर अर्थतन्त्र बढाउन सकिन्छ । स्वदेशी - विदेशी पर्यटकलाई " आँप खाने " वा झटारो हानेर रुखबाट आँप झार्ने प्रतियोगिता गराएर प्रचुर मनोरञ्जन लिन दिन पनि सकिन्छ । अब यी र यस्ता कार्यलाई प्रोत्साहित गर्न प्रदेश र स्थानीय सरकारले यसमा लाग्न र ध्यानदिनु पर्नेमा जोड दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१