Siraha Times
ताजा समाचार

चीनले दिएको ८ लाख खोप लिएर वाइडबडी काठमाडौं आइपुग्यो

  • जेठ १८, २०७८
  • १०२६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं :  चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ।

वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो। चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको  १० लाखमध्ये ८ लाख  भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ। उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।

चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले  चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो। 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१