Siraha Times
ताजा समाचार

सिरहामा घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या

  • जेठ २५, २०७५
  • १३९९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ २४। सिरहाको बरियारपट्टि गाउँपालिकामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरि फरार भएका छन्। बरियारपट्टि ३ बलुवा टोलका ४० वर्षीय परमेश्वर यादवले घरायसी विवादका कारण बिहीबार दिउँसो आफ्नै श्रीमती करिब ३५ वर्षीय सविता यादवको घाँटी पछाडि घरेलु धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजन भेटवालका अनुसार प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाएको छ। प्रहरीका अनुसार घटनास्थलमा हत्यामा प्रयोग भएको घरेलु हतियार भेटिएको छ भने हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको छ। नेपाल भारतको सीमाबाट मुस्किलले ५०० मिटरको दूरीमा रहेको घटना स्थल बाट अभियुक्त यादव सीमा पार हुन सक्ने सम्भावना रहेकाले सीमामा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाई गरिएको छ। अपराधी सीमा कट्ने सम्भावना लाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सादा पोशाकमा प्रहरीलाई पैदल तथा मोटरसाइकलमा समेत परिचालन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१