Siraha Times
ताजा समाचार

लुम्बिनीमा प्रदेशसभाको उपनिर्वाचनमा मतदान शुरु

  • जेठ १७, २०७८
  • ८७७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौ -  लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान शुरु भएको छ ।

उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुआत भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको छ ।

 मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मत परिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिए ।

बिहान १० बजेसम्म खसेको मतमा स्थानीय तह प्रमुख उपप्रमुखतर्फ महिला ३५ पुरुष ३६ गरी जम्मा ७१ जनाको मत खसेको छ भने प्रदेशसभा सदस्यमा महिला २१ र पुरुष २७ गरी ४८ जनाको मत खसेको छ र कोभिड केन्द्रमा तीनजनाको मत खसेको छ । जम्मा १२२ जनाको मत खसेको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१