Siraha Times
ताजा समाचार

एपिवान टेलिभिजनका पत्रकार नविन चौधरी माथि दुव्र्यहार

  • जेठ १३, २०७८
  • ७७१ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी। एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीको संचार समाग्री नियन्त्रणमा लिएर सशस्त्र प्रहरीका भूतपूर्व घुमुवा संजीव कुमार रायले फुटेज डिटिल गरेर दुव्र्यहार गरेका छन् । जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहिन सडक ढलान गरेको भिडियो खिचेको पत्रकार चौधरीको उपभोक्त समितिका अध्यक्ष समेत रहेका रायले मोवाईल खोसेर समाग्री डिलिट गरेका हुन् ।

सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो । बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए ।किन सडकको भिडियो र फोटो खिचेको रु तुरुन्त डिलिट गर भन्दै रायले पत्रकार चौधरीलाई धाकधम्की र गाली गलौज गरी मोबाईल खोसेर संचारसमाग्रीे डिलिट गरिदिएका थिए ।

पत्रकार चौधरीमाथि उपभोक्त समितिका अध्यक्ष रायले संचार समाग्री नियन्त्रणमा लिएर फोटो र भिडियो डिलिट गरिदिएको घटनाको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर निन्दा र भत्सर्ना गरेको छ ।

महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रेस विज्ञप्ती जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदा हुदै रायले मोवाइल थुतेर फोटो र भिडियो डिलिट गरि पत्रकारमाथि हातपात गरेको घटना महासंघलाई किमार्थ स्वीकार्य नरहेको उल्लेख छ ।
घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् । रायबाट गरिएको हातपात र फोटो डिलिटको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि ठाडो प्रहार भएको प्रेस व्यक्तिमा उल्लेख छ ।

रायको अनुदार कार्यशैली पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित रहेको पत्रकार महासंघको ठहर छ ।

रायले गरेको ज्यादतीको तिव्र निन्दा गर्दै घटनामा संलग्न उनलाई तुरुन्त पक्राउ गरी आवश्यक कानूनी कारबाहीको दायिरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग नेपाल पत्रकार महासंघ महोत्तरी शाखा जोडजाड माग समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१