Siraha Times
ताजा समाचार

काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी : थप कडाइ हुने

  • जेठ ११, २०७८
  • ५१२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।काठमाडौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको हो ।

कोरोनाको सङक्रमण बढ्न थालेपछि अघिल्लो महिना १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गते फेरि एक हप्ता थपिएको थियो ।

फेरि वैशाख ३० गते दुई हप्ता थप भएको थियो । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ ।

गृह मन्त्रालयको विवरण अनुसार ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । सरकारले अध्यादेशमार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक गाडि चलाएर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ । दुई पाङ्ग्रे गाडीलाई दुई हजार र अरु गाडीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने अध्यादेशमा उल्लेख छ ।

त्यस्तै मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि कडाइ गरिएको छ । राष्ट्र बैंकले इजाजतप्राप्त ’क’, ’ख’, ’ग’ र ’घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाण्डौमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्नेछ ।त्यस्तै ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक÷एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१