गोलबजार लाई हराउदै डायनामाइट सेमीफाइनलमा

  • जेठ २३, २०७५
  • ११२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ २२ । मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत मंगलबार भएको खेलमा डायनामाइट काठमाडौं विजय भएका छन्। सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको रोमान्चक खेल प्रदेश ३ डायनामाइट काठमाडौं र प्रदेश २ गोलबजार सिरहा बीच सम्पन्न भएको छ। खेलको निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न नसक्दा खेल प्लानटिमा परिणत भएको थियो । जसमा डायनामाइट काठमाडौंले १ का विरुद्ध ४ गोल गर्दै गोलबजार लाई पराजित गर्दै विजय भएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलबजार जर्सी नम्बर १३ का खिलाडी अमन लामा म्यान अफ द म्याच भएका छन्। प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल बारा ११ र डायनामाइट काठमाडौं बीच हुने पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१