विसुन देव सरदार सिरहा , जेष्ठ ६ बिहीबार। नेपाल र भारत बिचको सम्बन्ध बेटी रोटीको छ। नेपालको दक्षिणी सिमावर्तीमा पर्ने नेपाल जयनगर खण्डमा कमला नदी पुलमा दिनहुँ भारतीय नागरिकको भिडभाड सँगै आवतजावत उतिक्कै पहिला जस्तो नै देखिएको छ।
हिजो प्रत्यक्ष अवलोकनमा कमला नदीको पुल भएर नेपाल भित्रिनेको चाप समेत देखिएको छ। आवतजावत गर्नेहरुमा नेपाली र भारतीय रहेका छन। जयनगरका लकडाउनको केही महसुस हेर्न नसकिने देखिन्छ । भारतमा भारतीय रेल्वे जयनगर देखि भित्र भारतको गँगा सागर सम्म आवतजावत भइरहेको छ र सधै नेपाली कामदार फर्किनेको घुईचो समेत देखिएको छ। जयनगरमा बस सेवा बन्द भएता पनि ठुला साना मझौला गाडी आवागमन उतिक्कै छ।
अहिले भारतीय प्रशासन सुस्त देखिएको छ।हरेक पक्ष पहिलाकै महसुस गर्न सकिन्छ । भारतमा नेपाल भन्दा पनि बढी संक्रमित बढेकाले भारत बन्द गर्नु पर्ने , त्यसलाई पछ्याउँदै आवतजावत , पसल , व्यपार , यातायात साधन समेतमा न्यून ।सुस्त प्रशासन देखिएको छ।समयमै सचेत बनौं करोना भाइरस बाट आफू पनि बचौं , अरुलाई पनि बचाउ ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved