Siraha Times
ताजा समाचार

निषेधाज्ञा: किसानहरुको खेतमै खरबुजा , काक्रो कुहिन थाल्यो

  • जेठ ५, २०७८
  • १३६० पटक पढिएको
  • रामएकवाल राम
alt

लहान जेठ ५ गते। प्रदेश -२ को सिरहा , धनुषा लगायतको अधिकांश ठाउमा गर्मी याममा लगाइने काक्रो र खरबुजा बजार बन्दको कारण किसानाहरुको खेतमै कुहिन थालेको छ ।

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण किसानको खरबुजा , काक्रो नियमित बजारमा बिक्री नहुँदा खेतमा कुहिन थालेको हो। किसानहरूको खेतमा पाकेको खरबुजाले बजार नपाउँदा उनीहरू चिन्तित बनेका छन् । उत्पादित फल बेच्न नपाएपछि दैनिक आम्दानी गरेर घरव्यवहार चलाइरहेका सिरहाको कर्जन्हा न. पा. - कल्याण पुर न . पा- र सिरहा न पा. लगायत धनुषाका किसान आर्थिक संकटमा पनि परेका छन्। साहुसँग ब्याजमा ऋण लिएर खेती गरेका उनीहरूलाई खरबुजा बेच्न नपाएपछि कोरोनाको त्राससँगै भोक र ऋणको चिन्ताले पनि सताउन थालेको छ ।

चैत वैशाख महिनामा शितलता प्रदान गर्ने फलको रुपमा परिचित तरबुजा र खिरी यसपटक बजारमा बिक्री नहुँदा लाखौं को घाटा परेको धनुषा कमला खोलाका खर्बुजा किसान शिवनाथ मुखिया बताउँछन् । केही समय अगाडी नियममित एक साता परेको अविरल बर्षाले खरबुजालाई निकै असर पारयो, बर्षाबाट जोगिएलाई विक्री गर्न नपाउँदा कुहिएर नष्ट हुने क्रम शुरू भएको उनले बताए । गत वर्षहरूमा किसान लाई खरबुजा बेच्न दिनभर फुर्सद हुँदैनथ्यो, तर यसपटक भने लकडाउनका कारण कमला खोलामा १० कठ्ठा जमीनमा लगाएको खरबुजा विक्री नभएको अर्को एक सिरहा कर्जन्हा बन्दिपुरका किसान ले बताए ।

धनुषा मिथिला नगरपालिका–६ का किसान पवित्रा साह पुस्तौँदेखि खरबुजा खेती गर्दै आएकी उनी लकडाउनका कारण बजार गुमेको बताउँछिन्। उनले १९ कठ्ठा जमीनमा लगाएको खरबुजा विक्री नभएको बताउछिन् । खरबुजा बेच्न नपाएपछि आर्थिक अभावका कारण खान पनि समस्या परिरहेको उनी बताउछिन् । सरकारले यतिबेला किसानको खेतबारीमा उब्जनी भएको तरकारी र फलफुल जन्य वस्तुलाई व्यस्थपान तीर विशेष ध्यान दिनुपर्ने स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेकोे छ ।

समय समयमा मल खादको सास्ती भोग्दै आएका किसानहरूको बालीनाली प्रती सरकार गम्भीर नहुँदा अाम जनता महँगो मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य छ भने अर्कोतिर किसानले लगाएको तरकारी , फलफूल कुहिने क्रम पनि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१