Siraha Times
ताजा समाचार

हाडजोर्नी विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणबाट निधन

  • जेठ ४, २०७८
  • ८७६ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान- कोरोना संक्रमणबाट अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ।

उनको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले पुष्टि गरे।

सिरहाको लहान घर भएका उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए।स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो। साेमबार बेलुकी उनकाे मृत्यु भएको हाे।

३५ वर्षीय चौधरी लहानको डाइग्नोस्टिक सेन्टरका संचालक समेत हुन्। उनी सेवा गर्दा गर्दै संक्रमित भएका थिए।केही दिन यता कोरोना संक्रमणबाट मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१