लहान- कोरोना संक्रमणबाट अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ।
उनको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले पुष्टि गरे।
सिरहाको लहान घर भएका उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए।स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो। साेमबार बेलुकी उनकाे मृत्यु भएको हाे।
३५ वर्षीय चौधरी लहानको डाइग्नोस्टिक सेन्टरका संचालक समेत हुन्। उनी सेवा गर्दा गर्दै संक्रमित भएका थिए।केही दिन यता कोरोना संक्रमणबाट मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved