Siraha Times
ताजा समाचार

चौधरी आँखा अस्पताललाई ७ सय बेडको वार्ड संचालन गर्ने

  • जेठ ३, २०७८
  • ९६६ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा : डीसीसीएमसी सिरहाले कोरोना रोकथाम तथा नियन्त्रणको सन्दर्भमा विभिन्न निर्णयहरु गरेको छ । आईतवार डीसीसीएमसीको बसेको बैठकले कोरोना संक्रमितको उपचारका लागि अधिकतम बेडको व्यवस्थापन मिलाउने निर्णय गरेको हो ।

बैठकले लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा रहेको ७ सय बेडको वार्डलाई कोभिड संक्रमित विरामीहरुको उपचार तथा व्यवस्थापन उपयोग गर्ने निर्णय गरिएको छ । कोभिड वार्ड संचालनको व्यवस्थापन गर्न लहान नगरपालिकाले विशेष पहल गरी प्रक्रिया अगाडी बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए ।

उनका अनुसार लहानका नीजि अस्पतालहरुले बैठक बसी कोभिड–१९ को प्रभावकारी व्यवस्थापनका लागि कार्ययोजना तयार पार्ने निर्णय पनि भएको छ । यस्तै लहानमै रहेको स्तऋषि अस्पतालमा ३० बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यस्तै अस्पतालमा रहेको अक्सिजन सिलिण्डर र अक्सिजन प्लान्ट २४सैं घण्टा सञ्चालनमा राख्ने निर्णय पनि भएको प्रजिअ कणेलले बताएका छन् । उनले अक्सिजन प्लान्ट चालु अवस्थामा रहेपनि फिलिङ सिस्टम नभएकाले विभिन्न दातृ निकायसँग आवश्यक पहल गरी फिलिङ सिस्टम जडान गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१