Siraha Times
ताजा समाचार

सिरहाकाे लहानमा फेरि लाखौको डकैती ,बारम्बार डकैतीका घटना ले जनता त्रासमय

  • वैशाख २८, २०७८
  • १६०५ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान बैशाख २८ गते। सिरहाको लहान नगरपालिका–१ सिग्राही मटिर्वाको नयाँ वस्तीमा डकैती भएको छ ।

स्थानीय ईन्द्र देव ठाकुरको घरमा ७/८ जनाको समूहमा आएको डाँकाहरुले मध्यरात १२:३० बजेको समयमा डकैती गरेका हुन् । उनीहरुले ८ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिए । घरमा डाँका हुने बेलामा घरको सम्पुर्ण सदस्यको मोवाईल नियन्त्रमा लिएपछि लुटेर लगेको छ । लुटेर लगेपछि राती नै पिडतले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले फोन गरेर प्रहरीलाई तत्काल जानकारी गराउन फोन लगाउदा ईलाका प्रहरी कार्यालय लहानको संचार शाखाको मोवाईल सेटमा फोन गएता पनि फोन उठेन् ।

त्यसपछि फोन सेटमा फोन लगाउदा घण्टी मात्रै बोली रहे फोन उठेन । बारम्बार फोन गरेपछि मात्रै फोन उठेपछि प्रहरी आएको पिडित ठाकुरको गुनासो रहेको छ । घर छतमा सिढीलाई चढेर घरमा प्रवेश गरी पिडित ठाकुरका दुवै छोरालाई कन्चटमा पेस्तौल राखी दराजको साचो लिई दराज भित्र रहेको नगद ६ लाख रुपैयाँ र छोरी बुहारीले लगाएको लगभव २ तोला सुन र २० तोला चाँदी लुटेर लगेको पिडितका छोरा ओम ठाकुरले बताए ।

सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोली घटनास्थल पुगेका थिए । पुगेर राती देखि नै अनुसन्धान थालिएको छ । प्रहरीले डाँकाहरुको समूहलाई प्रकाउ गर्न सकेको छैन । डाँकाहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहान नगरपालिकामा बारम्बार डकैटी चोरीका घटना वृद्धि भए रहेको प्रति जनता त्रासमय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१