Siraha Times
ताजा समाचार

आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा

  • वैशाख २७, २०७८
  • ७९२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ ।

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा सुरु भएको छ ।

बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन । देश नै बन्दाबन्दीको अवस्थामा पुगेको छ ।

मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास जारी राखेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै स्थानीय बासिन्दाले नै हेल्चक्र्याइँसमेत गरेको देखिएको जनस्वास्थ्यविदहरुले बताएका छन् ।

झण्डै २० दिनको अवधिमा ६९ जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१