Siraha Times
ताजा समाचार

लहानमा कार्यशाला सुरु

  • जेठ २०, २०७५
  • १०३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २० , जेष्ठ सिरहाको लहानमा शनिवार देखि तिन दिने “स्पोन्सरशिप कार्यक्रम ” अन्तर्गत नगर स्तरीय सान्दर्भिक संयन्त्र स्थापित कार्यशाला गोष्ठी सुरु भएकोछ । सेभ द चिल्ड्रेन , सवल नेपालको सहयोगर सप्तरीको सुरुङ्गा नगरपालिको आयोजनामा कार्यशाला सुरु भएको आयोजकले जनाएकोछ । नगरपालिकामा बालबालिकाको अधिकार संरक्षण एवम सम्र्बद्धनकालागी सान्दर्भिक संयन्त्र स्थापित गर्नका साथै निर्देशिका तयार गर्ने उदेश्यले कार्यशालाको आयोजना गरेको कार्यक्रम सुपरभाईजर राधेश्याम रामले जनाएकोछ । कार्यक्रममा बाल संरक्षण नितिको बारेमा बिशेष रुपले छलफल गरिनेछ । कार्यक्रम उदघाटन गर्ने क्रममा सुरुङ्गा नगरपालिका नगरप्रमुख मुक्तिनाथ चौधरीले बाल अधिकार संरक्षण गर्न नगरपालिका सदैब तयार रहने प्रतिबद्धता ब्यक्त गरेका छन । उहाँले बालबालिका भबिष्यको कर्णधार भएकोले हरेक बालबालीकालाई शिक्षमा पहुँच पु¥र्याउन नगरपालिकाले आगामी दिनमा बिभिन्न कार्यक्रमका प्याकेजहरु ल्याउने बताए । नगरप्रमुख , उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्ष , लगायत सरोकारबाला निकायका करिब ३० जनाको सहभागिता रहेकोछ । कार्यक्रमको सहजिकरण बिष्णु बहादुर खत्री , सेभ द चिल्ड्रेनको किशोर किशोरी विकास कार्यक्रम संयोजक रचना थापाले गरीरहेकोछ । received_1744255975650850

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१