Siraha Times
ताजा समाचार

सिरहामा बैशाख २३ गते देखि थप कडाइ गर्ने डीसीसीएमसीको निर्णय

अति आवश्यक सेवा बाहेक हाटबजार, पसल, भेला, मेला सबै बन्द

  • वैशाख २२, २०७८
  • १४४३ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान बैशाख २२ गते।जिल्ला कोभिड -१९ सकट् व्यास्थापन समिति (डीसीसीएमसी)सिरहाले वैशाख २३ गते देखि जिल्ला भर थप कडाइ गर्ने भएको छ।

sirha2

 

जिल्लामा कोरोना संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै डीसीसीएमसीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक पसलबाहेक हाटबजार, मेला, भेला, सामूहिक भोज, नाचगान तथा जुलुस र्याली अर्को निर्णय नहुञ्जेलसम्म गर्न पाइने छैन । खाद्यान्न, फलफूल, तरकारी तथा निर्माण सामग्रीका पसल बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म तथा औषधि पसल, पानी उद्योग, दूध डेरी र पेट्रोल पम्प सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गरी निर्वाध रूपमा सञ्चालन गर्न पाउने छ ।

siraha1

वैशाख २३ गते देखि भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय भएको छ । यस्तै सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि डीसीसीएमसी बैठकले गरेको छ । यस्तै विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय पनि भएको छ।त्यस्तै बैठकले सिमानानाका पूर्णरूपमा सिल गरी आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१