ताजा समाचार

राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित

  • वैशाख २०, २०७८
  • १४२९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ । राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताए । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् ।

अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । नेपालमा हरेक १०÷१० वर्षमा जनगणना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤