Siraha Times
ताजा समाचार

आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा

  • वैशाख १९, २०७८
  • १३४७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ । उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ ।

सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो । यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ ।

बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाकाली नगरपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । मोरङको विराट महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा तथा भारत र सुनसरीसँग सीमा जोडिएको क्षेत्रमा निषेधाज्ञा लागेको छ ।

काभ्रेमा भरे रातिदेखि आंशिक निषेधाज्ञा हुनेछ । गोरखाको भीमसेनथान गाउँपालिकाको वडा नम्बर ७ र ८ मा गएराति १२ बजेदेखि निषेधाज्ञा छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरसहित बाँके, सुर्खेत, कैलालीलगायत जिल्लामा यसअघि नै पूर्ण निषेधाज्ञा सुरु भइसकेको छ ।

अहिलेसम्म आंशिक र पूर्ण गरी ३० जिल्लामा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सङ्क्रमणदर उच्च रहेको काठमाण्डौ उपत्यकामा आजदेखि थप कडाइ गर्न लागिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बतााए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१