Siraha Times
ताजा समाचार

क्यान्सर रोगविरुद्ध ठोस योजना ल्याउँने मुख्यमन्त्री राउतको प्रतिवद्धता

  • जेठ १८, २०७५
  • ९३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान, १८ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘क्यान्सर रोग बढ्दै गएकाले यो रोग लाग्नै नदिने गरी सरकारले ठोस स्वास्थ्य योजना ल्याउनेछ ।’ मुख्यमन्त्री राउतले क्यान्सर रोग नियन्त्रणका लागि नेपाल अर्बुद रोग निवारण संस्थालगायत संस्थाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै धूमपानको लत लाग्नुको पछाडि अभिभावकको भूमिका पनि निर्णायक हुने बताए ।

उनले भने, ‘म सानो छँदा हजुरबुबाले बिँडी सल्काएर ल्याइदिन अह्राउनुभएको थियो, बिँडी सल्काउने क्रममा म पनि दुई तीन सर्को तान्न थालेको थिएँ, हजुरबुबाले बिँडी नपिएको भए सायद त्यस्तो गर्ने थिइनँ होला, क्यान्सरको जरो नै धूमपान रहेकाले अहिलेदेखि नै यसलाई परित्याग गर्न सबैमा आग्रह गर्दछु ।’ नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव जीवन होडाले प्रदेश नं २ मा सार्वजनिक– निजी साझेदारीमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिदैं त्यसका लागि संस्थाले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका जिल्ला अध्यक्ष अशोक अमात्यले २०७० साल फागुन १० गतेदेखि लहानमा क्यान्सर केयर सेन्टर स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकलाईसमेत झिकाएर क्लिनिक सञ्चालन भइरहेको जानकारी दिए । लहानमा क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको कार्यालयले २५ बिगाह जग्गासमेत उपलब्ध गराउने आश्वासन आफूले पाएको बताउँदै उनले यसप्रकारका अस्पताल निर्माण भए प्रदेश नं २ का क्यान्सर रोगीलाई ठूलो राहत पुग्ने धारणा व्यक्त गरे । सो अवसरमा प्रदेशसभा सदस्य रामकुमार यादव र सुनिता राम, सप्तरी डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायतले क्यान्सरबाट जोगिन धूमपान त्याग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१